Logo

युभेन्टसलाई पछि पार्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा पूनरागमन गर्न सफल



Spread the love

एजेन्सी । मिलान डर्वीमा जित निकाल्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिन सफल भएको छ । इन्टर मिलानले दुई गोलले पछि परेको अवस्थालाई उल्ट्याएर ४–२ को पूनरागमन जित निकाल्दै युभेन्टसलाई पछि पार्दै लिगको शीर्षस्थानमा पूनरागमन गरेको हो ।

मिलानोमा आइतबार राति भएको खेलमा इन्टरको जितमा मार्सेलो ब्रोजोभिक, म्याटियस भिन्सिनो, स्टेफन डि भिरिज र रोमेलु लुकाकुले गोल गरे । एसी मिलानका एन्टी रेविक र ज्लाटन इभ्राहिमोभिचले गोल गरे ।

जितसँगै इन्टर मिलानको २३ खेलबाट ५४ अंक भएको छ । समान खेलबाटै ५४ अंक रहेको युभेन्टस गोल अन्तरमा दोस्रो स्थानमा झरेको छ । एसी मिलान ३२ अंक जोडेर १० औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्