Logo

‘ए’ डिभिजन लिग: फ्रेन्ड्समाथि एपिएफको फराकिलो जित



Spread the love

२७ माघ, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा एपिएफ क्लबले फ्रेन्डस् क्लबमाथि फराकिलो जित हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले ५-२ को फराकिलो जित निकालेको हो।

एपिएफको जितमा आशिष लामा र प्रविन स्याङतनले समान २/२ गोल गरे भने कप्तान तोपबहादुर विष्टले १ गोल गरे। यता फ्रेन्डस् क्लबका लागि फिलिप डि सौजा र विश्व अधिकारीले १/१ गोल फर्काए।

१२औं र ४०औं मिनेटमा गोल गर्दै आशिषले पहिलो हाफमै एपीएफलाई २-० को अग्रता दिलाए। ६९औं मिनेटमा फ्रेण्ड्सका फेलिपे डे सुजाले गोल गर्दै फ्रेण्ड्सलाई खेलमा पर्काउने प्रयास गरेका थिए । तर ७१औं मिनेटमा प्रविनले गोल गर्दै एपीएफको अग्रता फेरि दोब्बर पारे ।

७६औ मिनेटमा फ्रेण्ड्सका विश्व अधिकारीले गोल गर्दै खेललाई ३-२ को स्थितीमा पुर्‍याए । तर इन्जुरी टाइमको चौथो मिनेटमा टोपबहादुरले गोल गरे भने लगत्तै प्रविनले व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफ ५-२ ले विजयी भयो

जितसँगै रेलिगेसन जोनमा रहेको एपिएफले पुछारमा रहेको सरस्वती क्लबसँग ४ अंकको दुरी कायम गरेको छ। एपिएफ र ब्रिगेड ब्वाइजको समान ८ अंक छ भने सरस्वती क्लबको ४ अंक छ।

प्रतिक्रिया दिनुहोस्