Logo

कार्तिक आर्यन ओम राउतको थ्रीडी एक्सन चलचित्रमा खेल्ने



Spread the love


एजेन्सी । बलिउडका स्टार कार्तिक आर्यन निर्देशक ओम राउतको नयाँ चलचित्रमा देखिने भएका छन् ।

कार्तिक आर्यन अभिनित चलचित्रहरु रोमान्टिक कमेडी जनराका छन् । जसमध्ये केही हिट पनि भएका छन् । अब उनी केही फरक भूमिकामा देखिन चाहन्छन् ।

मुम्बइ मिररका अनुसार उनले भनेका छन्,“ म एक्सन चलचित्रमा काम गर्नको लागि निकै उत्सुक छु । भुशन सरलाई यो कुरा थाहा छ ।”

“ओम राउतको अब बन्न लागेको नयाँ थ्रीडी एक्सन चलचित्रको लागि म निकै उत्साहित भएको छु । म मेरो पहिलो एक्सन चलचित्रमा काम गर्नको लागि निकै आतुर छु,” कार्तिकले थपे ।

कार्तिकले सन् २०११ मा प्यारका पन्चनामा नामक चलचित्रबाट डेब्यू गरेका थिए । कार्तिक अभिनित चलचित्र लभ आजकल फेब्रुअरी १२ मा रिलिज हुँदै छ ।

चलचित्रको नाम भने अझै नामाकरण गरिएको छैन । चलचित्र भारत र विदेशका विभिन्न भागहरुमा छायांकन गरिनेछ । कार्तिकबाहेक अरु कलाकारहरुको पनि अझै टुङ्गो लागेको छैन ।

चलचित्रको स्क्रिप्ट ओम राउतले लेखेका छन् । नयाँ बन्न लागेको थ्रीडी एक्सन चलचित्रका निर्माता भुशन कुमार हुन् ।

प्रतिक्रिया दिनुहोस्