Logo

भारतीय आई लिग: पहिलो पटक सावित्रा र अनिता एकअर्काविरुद्ध मैदान उत्रँदै



Spread the love

२७ माघ, काठमाडौं । राष्ट्रिय टोली एवंम एपिएफका फरवार्ड सावित्रा भण्डारी (सम्बा) र मिडफिल्डर अनिता बस्नेत भारतीय महिला लिग (आईडब्लुएल)को सेमिफाइनलमा सोमबार एकअर्काको सामना गर्दै छन् । सावित्रा र अनिता पहिलो पटक अलग टोलीबाट यो सिजन खेलिरहेका छन् ।

सेथु समूह ‘ए’को उपविजेता र गोकुलम समूह ‘बी’को विजेताका रुपमा अन्तिम दुईमा पुगेका हुन् । समूहको राउन्ड रोविनमा सावित्राको टोली अपराजित छ भने अनिताको टोलीले एक खेलमा हार बेहोरेको थियो ।

सावित्राले खेलेका सबै ५ खेलमा १३ गोल गरेकी छिन् । सबै खेलको पहिलो रोजाईमा नपरेकी अनिताले भने गोलको खाता खोल्न बाँकी नै रहेको छ ।

जारी लिगमा उच्च प्रदर्शन गरिरहेका सावित्रा खेल्ने पक्का छ । सोमबार पनि अनिता पहिलो रोजाईबाट खेल्ने लगभग पक्का छ ।

प्रतिक्रिया दिनुहोस्