Logo

लियोनल मेस्सी युभेन्टसमा आउन सक्ने तीन सम्भावित कारण



Spread the love


एजेन्सी । अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सीको भविष्य अहिलेको अवस्थामा त्यति राम्रो छैन । ३२ वर्षीय लियोनल मेस्सीले बार्सिलोनाका खेलहरुमा आनन्द लिइरहेका छैनन् ।

यो समरमा धेरैले मेस्सीले बार्सिलोना छाड्ने शंका गरिरहेका छन् । यदि उनले बार्सिलोना छाडे भने उनी सिरी ए साइड युभेन्टसमा जानसक्छन् । उनी युभेन्टस जान सक्ने तीन सम्भावित कारणहरुको छोटकरीमा तल वर्णन गरिएको छः

१) क्रिस्टियानो रोनाल्डोसँग सँगै खेल्नु

पोर्चुगलका स्टार तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो र मेस्सीलाई एउटै टिमबाट खेलेको हेर्न चाहने फुटबलका फ्यानहरुको सङ्ख्या अत्याधिक रहेको छ । दुबै जना एउटै टिममा खेल्दा एकले अर्कालाई कस्तो व्यवहार गर्छन् त्यो पनि हेर्न रुचिकर हुने थियो ।

२) ट्रफी जित्ने सुनिश्चित

यदि मेस्सी युभेन्टसमा अनुबन्ध भए भने उनले प्रत्येक सिजनमा लिग जिताउँथे । गएको आठ सिजन युभेन्टसले लिगमा एकक्षत्र राज गरिरहेको छ । मेस्सीलाई ल्याउँदा लिगमात्र नभई अरु ट्रफीमा पनि राज गर्न सकिने देखिन्छ ।

१) सिरी एको हेर्ने दृष्टिकोणमा फरक

कुनै समय सिरी ए विश्वको उत्कृष्ट लिगमा गनिन्थ्यो । समय बित्दै गयो, इङ्ल्यान्ड र स्पेनले सिरी ए माथि आफ्नो वर्चश्व फैलाए । क्रिस्टियानो रोनाल्डो युभेन्टसमा आएसँगै युभेन्टस पहिलाको भन्दा धेरै फरक भएको छ । रोनाल्डोको आगमनसँगै सिरी एमा पनि मानिसहरुले ध्यान दिन थालेका छन् । यदि मेस्सी पनि अनुबन्ध हुने हो भने सिरी एको स्तर निकै माथि पुग्ने थियो ।

प्रतिक्रिया दिनुहोस्