Logo

ए डिभिजन लिग: एक खेल अगावै सरस्वती रेलिगेसनमा



Spread the love

२७ माघ, काठमाडौं । सरस्वती युवा क्लब कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा एक खेल बाँकी रहँदै रेलिगेसनमा परेको छ । सोमबार एन्फा कम्प्लेक्सको मैदानमा च्यासल युवा क्लबसँग २-१ ले पराजित भएपछि सरस्वती बी डिभिजनमा घटुवा भएको हो ।

१८ औँ मिनेटमा पाएको फ्रिकिकको अवसरलाई सदुपयोग गर्दै टाइगा नाकामुराले गोल गर्दै च्यासललाई अग्रता दिलाए । ६६ औँ मिनेटमा हायातो वाकिनोले गोल गर्दै च्यासलको अग्रतालाई दोब्बर बनाए। अतिरिक्त समयमा सरस्वतीका कजीम बुसारीले सान्त्वना गोल फर्काए पनि रेलिगेसन टार्न भने सकेन ।

अन्तिम खेलमा जित हात पारेपनि पुछारबाट उक्लन नसक्ने पक्का भएपछि सरस्वती रेलिगेसनमा परेको हो । जितपछि १२ खेलबाट १५ अंक बनाएको च्यासल नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्