Logo

सय वर्षसम्म बाँच्ने दुर्लभ जीव, जो सात वर्षदेखि हल्लिएको पनि छैन



Spread the love

एजेन्सी। दक्षिण पूर्व युरोपको देश बोस्निाया र हर्जेगोविनामा पानीभित्र भएका ५ गुफामध्ये एकमा एक दुर्लभ स्यालामेन्डरभेटिएको छ । यो पछिल्लो २ हजार ५ सय ६९ दिन (७ वर्ष भन्दा बढी) समयदेखि हल्लिएको पनि छैन ।

वैज्ञानिकले लामो समयसम्म निगारानी गरेपछि उक्त जीव ओल्म्स नामको उभयचर स्यालामेन्डर भएको पत्ता लागेको छ । आँखा नदेख्ने उक्त जीवले आफ्नो सय वर्ष पानीभित्रै बिताउने बताइएको छ । यो जीव स्लोवेनियादेखि क्रोएशियाजस्ता देशमा पनि पाइन्छ । ओल्म्सले करिब १२.५ वर्षमा एकपटक सम्भोगका लागि मात्रै आफ्नो स्थान परिवर्तन गर्ने वैज्ञानिकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्