Logo

सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाइने



Spread the love


काठमाडाैं। सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाइने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनुका निम्ति न्यूनतम पनि १८ वर्ष उमेर पुरा भएको हुनुपर्ने व्यवस्था लागु गर्दैछ ।

विभागले लाइसेन्सको समयलाई पनि बढाएको छ । विभागले लाइसेन्सको समयलाई १० वर्ष कायम गर्ने तयारी गरेको छ । हालचाल पाँच वर्षमा नवीकरण गर्नुपर्ने हुनाले सेवाग्राहीहरुले झन्झटिला मानिरहेका छन् ।

कम उमेरका चालकले सवारीसाधन चलाउँदा दुर्घटनाहरु बढिरहेको विभिन्न अध्ययनका क्रममा भेटिएको छ । त्यसैले निजी र सार्वजनिक सबै प्रकारका सवारीसाधनका लागि उमेर बढाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्