Logo

धितोपत्र बजार : नेप्सेमा सामान्य वृद्धि



Spread the love

२७ माघ, काठमाडाैँ – साताको दोस्रो दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से ४.२८ अंकले बढेर एक हजार ३२४.२६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५७ अंकले बढेर २८१.६२ मा पुगेको छ ।

परिसूचक वृद्धि भए पनि कारोबार रकम भने रु ९३ करोडमै सीमित भएको छ । आज कुल १७५ कम्पनीका २३ लाख ६० हजार ५८४ कित्ता शेयर रु ९३ करोड ३२ लाख ८६ हजार ५५ मा खरिदबिक्री भए । कारोबार भएका कुल १२ मध्ये चार उपसमूहका शेयर ओरालो लागेका छन् । जलविद्युत् ५.२१, वित्त ०.८७ र जीवन बीमा १.४८ ले बढ्दा सामूहिक लगानी कोषको शेयर तटस्थ रह्यो । यस्तै बैंकिङ ०.७९, व्यापार ८.४२, होटल १०.७८, विकास बैंक ५.९६, निर्जीवन बीमा ७२.४१, उत्पादन २५.५, अन्य ५.३५ र लघुवित्त २९.८ अङ्कले बढेको छ ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १३ करोड ६६ लाख दुई हजार ४६३ मा खरिदबिक्री भयो । यस्तै नागरिक लगानी कोषको रु चार करोड २७ लाख ६ हजार ११६, एनआइसी एसिया बैंकको रु तीन करोड ५५ लाख ७३ हजार ३२६, नेको इस्योरेन्स कम्पनीको रु दुई करोड ७१ लाख ४९ हजार १४४ र नेपाल इन्स्योरेन्स कम्पनीको शेयर रु दुई करोड २९ लाख ९५ हजार ५९० मा खरिदबिक्री भई शीर्ष स्थानमा रहे ।

सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ८.१० प्रतिशतले कमाए । यस्तै एनएलजी इन्स्योरेन्स कम्पनी ६.०८, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ५.०५, सामुदायिक लघुवित्त वित्तीय संस्था ४.८८, प्रुडेन्सियल इन्स्योरेन्स ४.६० र शिवम् सिमेन्टका लगानीकर्ताले ४.२१ प्रतिशतले कमाए । आज सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडका शेयरधनीले ७.३६ प्रतिशतले गुमाए । यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ६.३९, खानीखोला हाइड्रोपावर ५.१७, जोशी हाइड्रोपावर ४.७६ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.९२ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्