Logo

सामाजिक सञ्जालको सही उपयोग गर्न सिकाउँदै “कोड फर चेन्ज” !



Spread the love

केही युवाहरूको एउटा समूहले सामाजिक सञ्जालको सही उपयोग गर्न सिकाउने अभियान नै थालेको छ । समाजमा घटिरहेका विभिन्न किसिमका नकारात्मक घट्नाहरु प्रति चासो देखाउँदै त्यस्ता समस्याहरूको समाधानको उपायहरू युवाहरूले दिइरहेका छन् ।

युथ इन सोसल चेन्ज नामक युवा टिम बनाएर युवाको भूमिका के रहन्छ, आफूले के गर्न सकिन्छ भन्ने प्रश्नहरू आफैलाई सोध्दै त्यस्ता घटनाहरूको निराकरण गर्नका निमित्त लागि परिरहेको अध्यक्ष निराजन छेत्रीले बताए । 

युवाहरूले सञ्चालन गर्ने तालिममा विद्यार्थी, नेपाल प्रहरी देखि विभिन्न निकायका व्यक्तिहरू सहभागी भइरहेका छन् । 

काठमाडौँ, पोखरा, चितवन, बुटवल र दाङ गरी ५ वटा सहरहरू समेट्दै एक लाख भन्दा बढी युवाहरूलाई सचेत गराउने यस अभियानको लक्ष रहेको र अबको अभियान माघ २९ गते बुधवार देखि फाल्गुन ९ गते शुक्रवार सम्म सञ्चालन हुने अध्यक्ष छेत्रीले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्