Logo

मलाङ्गले चार दिनमा कति कमायो ?



Spread the love


एजेन्सी । आदित्य रोय कपुर र दिशा पटानी अभिनित चलचित्र मलाङ्ग फेब्रुअरी ६ मा रिलिज भएको थियो ।

रोमान्टिक थ्रिलर जनरामा बनेको चलचित्र मनाङ्गले ४ दिनमा २९ करोड भारु कमाएको छ ।
अहिलेको अवस्थालाई हेर्दा प्रस्तुत चलचित्रले पहिलो सातामा ४० करोड भारु डोमेस्टिक मार्केटमा कमाउन सक्ने अनुमान गर्न सकिन्छ ।

तर शुक्रबार लभ आजकल रिलिज हुँदैछ । लभ आजकलको रिलिजसँगै मलाङ्गलाई चुनौतीको सामना गर्नुपर्नेछ ।

मोहित सुरीको निर्देशनमा बनेको चलचित्र मलाङ्गले सकारात्मक प्रतिकृया पाइरहेको छ । मलाङ्गमा दिशा पटानी, आदित्य रोय कपुरको साथमा कुनाल खेमु, अनिल कपुर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्