Logo

२०२० मा के रोनाल्डोले बालोन डी’ओर जित्लान्



Spread the love


एजेन्सी । क्रिस्टियानो रोनाल्डोले सन् २०२० को सुरुवातदेखि नै आफ्नो क्षमता देखाइरहेका छन् । हालचाल उनी ३५ वर्षमा पनि टेकेका छन् । ३५ वर्षमा टेकेपनि उनले गोल गर्न भने छाडेका छैनन् । झन् पछि झन् गोल मेसिनको रुपमा प्रस्तुत भइरहेका छन् । रोनाल्डोका लागि नयाँ रेकर्ड सामान्य कुरा हो । उनले आफ्नो खेल करिअरमा अनेक रेकर्डहरु बनाएका छन् । लगातार दश खेलमा गोल गरेर उनी युभेन्टसको पहिलो खेलाडी बनेका छन् ।


रियल मड्रिडका पूर्व स्टार रोनाल्डोलाई उमेरले कत्ति पनि नछेकेको भान हुन्छ । यो सिजनमा उनले सबैखाले प्रतिस्पर्धामा ३४ गोल गरिसकेका छन् । दोस्रो सिजनको सुरुवात दमदार नभए पनि रोनाल्डो पुनः फममा आएका छन् । युभेन्टस सिरी ए तालिकाको शीर्ष स्थानमा रहेको इन्टर मिलानको अंकसँग बराबर रहेको छ ।


सुरुको सिजन रोनाल्डोले राम्रो प्रदर्शन गर्न नसक्दा धेरैले रोनाल्डोको बारेमा आलोचना गरेका थिए । उनले सुरुको सिजनमा ४४ लिग खेलमा जम्मा २८ गोल गरे । युभेन्टसले च्याम्पियन्स लिग नजित्दा २०१९ को सिजनमा उनी बालोन डी ओरको तेस्रो स्थानमा पुगेका थिए । उनी सन् २०१० पछि पहिलो पटक बालोन डी ओरको युद्धमा पहिलो पटक तेस्रो स्थानमा पुगेका हुन् । २०१९ को सिजनमा अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सीले बालोन डी ओर जित्दा रोनाल्डोलाई यो सिजन प्रमाणित गर्नु छ । अब उनले आलोचन गर्नेहरुको मुखमा बुझो लगाउने छन् ।


रोनाल्डोले युभेन्टसलाई लगातार नवौँ पटक सिरी ए च्याम्पियन्स बनाउने दौडमा छन् । यता लियोनल मेस्सीको त्यति राम्रो सिजन बन्न सकेको छैन । मेस्सीले डिसेम्बरमा छैटौँ बालोन डी’ओर जितेपछि रोनाल्डोले १४ गोल गरिसकेका छन् । नयाँ वर्षको सुरुवातसँगै रोनाल्डोले आफूलाई मजबुत बनाउँदै लगिरहेका छन् । उनले प्रत्येक खेलमा गोल गरी टिमको हौसला पनि बढाइरहेका छन् । रोनाल्डोले यहीं गतिमा खेल्दै गए भने उनलाई कसैले बालोन डी’ओर जित्नबाट रोक्न सक्ने छैन ।
गएको सिजन चेल्सीका पूर्व प्रशिक्षक माउरिसियो सार्री युभेन्टसमा अनुबन्ध भएका थिए । सुरुमा खेलाडीहरु घाइते हुनु, रणनीति नमिल्नुको बाबजुत पनि २३ सिरी ए खेलपछि युभेन्टसको अंक तालिकाको शीर्ष स्थानमा रहेको इन्टर मिलानसँग बराबरी थियो । कोपा इटालियाको सेमिफाइनलमा पनि युभेन्टसलाई एसी मिलानसँग सङ्घर्ष गर्नु परेको थियो र च्याम्पियन्स लिगको ग्रुप स्टेजमा पनि लियोनसँग सङ्घर्ष गर्नु पर्यो ।


बालोन डी’ओर व्यक्तिगत रुपमा दिइने अवार्ड हो । खेलाडीले क्लबलाई कति ट्रफी दिलाउँछ त्यसमा आधारमा अवार्ड दिने गरिन्छ ।

रोनाल्डो यस शताब्दिका दुई उत्कृष्ट खेलाडीमध्ये एक हुन् । युभेन्टसले रोनाल्डोलाई युभेन्टसमा अनुबन्ध गर्नुको कारण च्याम्पियन्स लिग जित्नको लागि हो । गत सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा युभेन्टस अयाक्सद्धारा पराजित भएको थियो । अहिलेको अवस्थालाई हेर्दा युभेन्टसले लिग, कोपा इटालिया र च्याम्पियन्स लिग तीनवटैमा रुचि राखेको छ । युभेन्टसले यो सिजनमा तीनवटै ट्रफी जित्न सक्ने अनुमान गर्न सकिन्छ ।

यदि युभेन्टसले तीनवटै ट्रफी जित्नसक्यो भने रोनाल्डोले छैटौँ बालोन डी’ओर जित्ने कुरामा कुनै शंका छैन । गएको दश वर्षमा रोनाल्डोले ठुला खेलमा राम्रो प्रदर्शन देखाएका छन् । उनको अहिलेको अवस्था हेर्दा उनी आफ्नो टिमलाई जिततर्फ दौडाउन लागि परेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्