Logo

नेपाली कांग्रेसले आजको प्रतिनिधि सभा बैठक अवरोध नगर्ने



Spread the love

२८ माघ, काठमाडौं । नेपाली कांग्रेसले आजको प्रतिनिधि सभा बैठक अवरोध नगर्ने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको सांसद डा. डिला संग्रौलाले जानकारी दिइन् ।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरे यता कांग्रेसले संसद चल्न दिएको थिएन ।

कांग्रेस केन्द्रीय समितिको सोमबार बसेको बैठकले संसद अवरुद्ध नगर्ने निर्णय गरेको थियो । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्