Logo

सल्यानमा ७ वटा सम्म स्थानीय निकाय



Spread the love

 

स्थानीय तह पुनरसंचना आयोगले पठाएको कार्यविधि अनुसार सल्यानमा ७ वटा सम्म स्थानीय निकाय हुने भएका छन् ।

आयोगले यहि साउन महिनाको मसान्त सम्म सीमा निर्धारण गर्ने बारेको प्रतिवेदन बुझाउन जिल्ला विकास समितिमा कार्यविधी पठाएर निर्देशन दिएको जिविस सल्यानले जनाएको छ ।

13754336_882163488556499_6658999429803014204_n

स्थानिय विकास अधिकारि रामचन्द्र पौडेलको संयोजकत्वमा, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला मालपोत कार्यालय, नापि कार्यालय, जिल्ला प्राविधीक कार्यालय, जिल्ला वन कार्यालयका अधिकृतहरु सम्मीलीत समितीले विभिन्न निकायसंगको अन्तरक्रिया र परामर्शमा जिल्लाभित्र गाउँपालिका र नगरपालिकाको सीमा निर्धारण गर्ने समितीका सदस्य सचिव पूर्ण ओलिले जनाए ।

यो समिती शुक्रबार सुर्खेतमा सम्पन्न ६ नम्बर प्रदेश स्तरिय गोष्टिमा सहभागी भएर सल्यान फर्केको छ । आइतबार आजबाट काम थाल्ने पनि जनाइएको छ ।

समितीले जिल्लाका राजनीतीक दलहरु तथा नागरिकहरुसंग परार्म, सल्लाह, सुझावको आधारमा नगरपालिका तथा गाउँ पालिकाको सिमा, नाम तथा गाउँपालिकाको केन्द्र समेत तोकेर स्थानीय तह पुनरसंरचना आयोगमा सिफारिस गरि पठाउने सदस्य सचिव ओलिले जनाए ।

एनका अनुसार पहिडी जिल्ला सल्यानमा सदरमुकाममा नगरपालिका बन्न ४५ हजार, सदरमुकाम वाहिर नगरपालिका बन्न ३५ हजार जनसंख्या चाहिन्छ । यस्तै गाउँ पालिका बन्न २५ हजार जनसंख्या पुग्नुपर्ने कार्यविधि आएको उनले जनाए ।

यो काम अलि गाह्रो काम भएकाले सबैको साथ सल्लाह लिइने र जिल्लाको दुइ स्थानमा विशेष अन्तरक्रिया कार्यक्रम गर्ने तयारि पनि भइरहेको जनाइएको छ । देश संघिय प्रणालिमा अगाडी बढिसकेकाले स्थानीय तहलाइ पुनरसंचरचा गर्न लागिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्