Logo

कप्तान जिसन र उपकप्तान अकिबको शतकमा ओमानद्वारा अमेरिकासामु २७७ रनको लक्ष्य प्रस्तुत



Spread the love

२८ माघ, काठमाडौँ । जिसन मक्सुद र अकिब इल्यासको सानदार शतकपछि ओमानले आइसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई २७७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेटको नोक्सानीमा २७६ रन बनायो ।

ओमानका लागि कप्तान जिशान मक्सुद र अकिब इलियासले तेस्रो विकेटका लागि कीर्तिमानी २ सय १६ रनको साझेदारी गरे । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा ओमानका खेलाडीले गरेको याे अहिलेसम्मकै ठूलो साझेदारी हो ।

कप्तान मक्सुदले १०९ बलको सामना गर्दै १० चौका र ४ छक्काको मद्दतमा १०९ रन बनाए । ओमानको लागि ओडीआईमा शतक बनाउने उनी दोस्रो खेलाडी बने । यसअघि नेपालविरुद्ध अकिब इल्यासले पहिलो ओडीआई शतक प्रहार गरेका थिए । उनले १२३ बलको सामना गर्दै ११ चौका र १ छक्का मद्दतमा १०५ रन बनाए । ओमानका सन्दीप गौडले अविजित १३ रन बनाए ।

अमेरिकाका लागि कप्तान नेत्रभाल्करले १० ओभरमा ३ मेडन राख्दै ३७ रन खर्चेर ३ विकेट लिए । यस्तै रस्टी थेरोनले १० ओभरमा ६० रन खर्चेर ३ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्