Logo

१ सय ५ वर्षकी वृद्धाले गरिन् ४ कक्षा पास, त्यो पनि ७५ प्रतिशत अंक ल्याएर



Spread the love

एजेन्सी । हालै १ सय ५ वर्षकी एक हजुरआमाले करिब ७५ प्रतिशत अंक ल्याएर ४ कक्षा पास गरिदिएकी छन् । भारतको केरलाकी यी वृद्धाको नाम भगिरथी अम्मा हो ।

गत वर्षको नोभेम्बरमा केरला प्रान्तको साक्षरता अभियानद्वारा कोल्लममा आयोजित ४ कक्षाको परीक्षामा उनी सहभागी भएकी थिइन् । हालै उक्त परीक्षाको नतिजा प्रकाशित भएको छ । जसमा भगिरथीले कूल २ सय ७५ पूर्णांकमा २ सय ५ अर्थात् ७४.५ प्रतिशत अंक हासिल गरिन् ।उक्त साक्षरता अभियानमा कूल ११ हजार ५९३ जना विद्यार्थीहरूले चार कक्षाको जाँच दिएका थिए ।

कक्षा पास गर्ने १ सय पाँच वर्षकी भगिरथीका ६ जना छोराछोरी तथा १६ जना नाति, नातिनी छन् । ९ वर्षको उमेरमा पारिवारिक कारणले तीन कक्षामा पढ्दा–पढ्दै उनले पढाइ छाड्नु परेको रहेछ । तर यो उमेरसम्म पनि उनलाई आफ्नो अधुरो पढाइ पूरा गर्ने अठोट मरेको रहेनछ ।

प्रतिक्रिया दिनुहोस्