Logo

नेपाल एयरलाइन्सको वाइड बडी विमानका पाइलट मानेनन् चीन जान



Spread the love

२८ माघ, काठमाडौँ । सरकारले चीनमा रहेका नेपाली विद्यार्थीहरुलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइड बडी जहाज पठाउने तयारी गरे पनि जहाजका पाइलट भने चीन जना तयार भएका छैनन्।

स्रोतका अनुसार उडान तयारीका लागि रोस्टर बनाउँदा त्यसमा प्रस्ताव गरिएका पाइलट र एयरहोस्टेजले चीन जान अस्वीकार गरेका हुन्। जहाजमा ३ जना क्याप्टेन, ३ जना को–पाइलट, ४ जना क्याबिन क्रु र ४ जना स्वास्थ्यकर्मी पठाउने तयारी भएको छ।

नेपाल सरकारले चीनको वुहान लगायत अन्य सहरबाट १ सय ८० जना नेपाली विद्यार्थीलाई उद्दार गर्न फागुन ३ गते जहाज पठाउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्