Logo

नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त



Spread the love

२८ माघ, काठमाडौं । सरकारले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधि आजदेखि सकिएको छ। खनालसँगै तीन जनै एआइजीले समेत अवकाश पाएपछि प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट सरकारले सिधै आइजिपी नियुक्ति गरेको हो।

ज्ञवाली खनालकै वैकल्पिक ब्याचका अधिकारी हुन्। हाल प्रहरी नायब महानिरीक्षकका रुपमा उनी प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत् थिए ।

३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका लागि प्रहरी संगठन हाक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्