Logo

निर शाह र निरञ्जनको ‘आज भोली’ सार्वजनिक (भिडियोमा)



Spread the love

नेपाली चलचित्र हेर्ने जो-कोहीको लागि सुपरिचित हुन् चर्चित कलाकार निर शाह र हाँस्य कालाकार तथा निर्देशक शोवित बस्नेतले अभिनय गरेको नयाँ गीत ‘आज भोली’बोलको म्युजिक भिडियो ओएसार युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

साहुको चर्को ब्याज र ऋणले गर्दा आफ्नो घर परिवारसँग बिछोड भइ शाहरमा दुख, कष्ट, संघर्ष गरि साहुको ऋण चुक्ता गरेको यस गीत मार्फत गायक गणेश न्यौपानेले चित्रण गरेका छन् ।

सुरेश कुमार छेत्रीको शब्द र संगीत रहेको गीतमा गणेश न्यौपानेको स्वर रहेको छ भने उक्त भिडियोलाई फणिन्द्र राईले एरेन्ज गरेका हुन् ।

फराज अर्पणले नै छायांकन र सम्पादन गरेका भिडियोलाई समान अधिकारीले निर्देशन गरेका छन् ।

भिडियोमा निर र शोवितसंगै निरञ्जन प्रधान, सपना श्रेष्ठ, सुप्रिया कटवाल, नागमा श्रेष्ठ, काव्य कार्की,खम्बे लगायतका कलाकारको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो:

https://youtu.be/LIWZbRiFxoc

प्रतिक्रिया दिनुहोस्