Logo

हिउँदे अधिवेशनले प्रदेश नं १ को नाम जुराउँदै



Spread the love

२९ माघ, विराटनगर – प्रदेश नं १ को प्रदेशसभाको हिउँदे अधिवेशनले प्रदेशको नाम जुराउने प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले बताएका छन् । ‌म‌ंगलबार धरानमा भएको एक अनौपचारिक भेटघाटमा सभामुख भण्डारीले प्रदेशको नाम निकै पेचिलो मुद्दा बन्दै गएको भए पनि प्रदेशले हिउँदे अधिवेशनबाट नाम पाउने बताए । “नामका लागि राजनीतिक दल, सरकार आन्तरिक छलफलमा जुटेका छन् । छिट्टै सरकारले सदनमा प्रस्ताव ल्याउने छ । हिउँदे अधिवेशन अन्य अगावै प्रदेश नं १ ले नाम पाउने छ”, सभामुख भण्डारीले भने ।

जातीय पहिचानसहितको नाम राख्नुपर्ने माग गर्दै विभिन्न जातीय सङ्घ संस्थाले ज्ञापनपत्र बुझाउने काम भइरहेको पनि सभामुख भण्डारीले बताए । ठूला राजनीतिक दलले नदी नाला, हिमालको नाममा नाम राख्ने सङ्केत गरेका छन् । प्रदेश ३, ४ र ७ मा क्रमशः वाग्मती, गण्डकी र कर्णाली नाम राखिएको छ । सरकारले नामको विषयमा संसद्लाई काम दिएपछि नामका विषयमा प्रस्ताव आह्वान गर्नुपर्ने हुन्छ । नियमअनुसार प्रदेशसभामा नाम दर्ता गर्न एक जना प्रस्तावक र दुई जना समर्थक चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्