Logo

प्रेमिकालाई तीन पटक चक्कु हान्न लगाएर प्रेमीले गरे प्रेमिकाको हत्या



Spread the love


एजेन्सी । ४६ वर्षीय इरिक फ्रासिस्को रोबलेडोले २५ वर्षीय इसकामिला भर्गासलाई मारेको बताएका छन् ।

दुबैजनामा झगडा भएपछि पहिला भर्गासले रोबेल्डोलाई तीन पटक चक्कु हानेकी थिइन् । त्यसपछि आफूले भर्गासलाई मारेको रोबेल्डोले दाबी गरेका छन् ।

रक्ताम्मे राेबलेडाे

भर्गासले चक्कु हानेपछि रोबेल्डोले उनको हातबाट चक्कु थुती उनको घाँटीमा चक्कु प्रहार गरेको बताएका छन् । उक्त घटना मेक्सिको सिटीको एक अपार्टमेन्टमा घटेको द सन अनलाइनले बताएको छ ।

राेबलेडाेकी प्रेमीका इसकामिला भर्गास

स्थानीय मिडियाले दुबै जनामा झगडापछि दुर्घटना घटेको उल्लेख गरेका छन् ।
छिमेकीले रगताम्मे मान्छे अपार्टमेन्टबाट बाहिर आउँदै गरेको देखेपछि प्रहरीलाई बोलाएका थिए ।


रोबलेडोले प्रहरीलाई भने,“हामीले बहस सुरु गर्यौँ अनि त्यसपछि झगडा , उनले मलाइ मार्न चाहेको बताइन् अनि मैले उनलाई मलाइ मार भनेँ । त्यसपछि उनले चक्कु झिकिन् अनि मलाइ प्रहार गरिन् । मैले अलि जोडले मार भनेपछि उनले ममाथि दुई पटक चक्कुले प्रहार गरिन् ।”


उनले कसैले पनि यस घटनाको बारेमा थाहा नपाओस् भनेर प्रेमिकाकाे शरीर टुक्रा–टुक्रा पारेका थिए । प्रहरीले उनकाे शरीरकाे टुक्राहरू अपार्टमेन्टकाे केही पर प्लास्टिक ब्यागमा भेटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्