
२९ माघ, काठमाडौं । जावलाखेल युथ क्लब र हिमालयन शेर्पाले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बुधबार बराबरी खेलेका छन् । दुवै टोलीले १० खेलाडीमा सिमित रहँदै अन्त्य गरेको खेल ३–३ गोलको बराबरीमा टुंगिएको थियो ।
शेर्पाका लागि स्टेफन समिन डेबेनीले २ र विजय श्रेष्ठले एक गोल गरे । जावलाखेलका लागि कुवेर विष्ट, फोडे फोफाना र रुपबहादुर लामाले गोल गरे ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको १२ औं चरणको अन्तिम खेलमा हिमालन शेर्पाले पहिलो हाफमा लिएको ३–१ को अग्रतार्लाइ जोगाउन नसक्दा अंक बाढ्नु बाध्य भएको थियो ।
बराबरीपछि १९ अंकका साथ जावलाखेल पाँचौं स्थानमा रहेको छ भने ११ औं स्थानमा रहेको शेर्पाको ११ अंक पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्