Logo

विजय देवरकाेन्डा बलिउडमा डेब्यू गर्दै



Spread the love

एजेन्सी । तेलेगु स्टार विजय देवरकोन्डा बलिउडमा डेब्यू गर्दै छन् । अर्जुन रेड्डीमा विजय देवेरकोन्डा प्रमुख भूमिकामा देखिएका थिए । अर्जुन रेड्डीको हिन्दी रिमेक कबिर सिंहले निकै सफलता प्राप्त गरेको थियो ।

अर्जुन रेड्डी र डियर कमरेडबाट आफ्नो स्टारडम बढाएका विजय अब बलिउडमा एक्सन चलचित्रबाट डेब्यू गर्दैछन् ।

चलचित्रमा जानवी कपुर र अनान्या पाण्डेमध्ये एकले विजयले साथ दिनेछन् । स्रोतका अनुसार विजयलाई साथ दिन आनन्या पाण्डे उत्सुक रहेको पाइएको छ । चलचित्रको छायांकन अप्रिलको पहिलो साताबाट गरिनेछ ।

चलचित्रलाई पुरी जगन्नाधले निर्देशन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्