Logo

चन्द समूहका इञ्चार्ज पक्राउ



Spread the love

२९ माघ, तनहुँ – नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुन रहेका छन् ।

पुनलाई म्याग्दे गाउँपालिका–३ जामुनेबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । प्रहरीले चन्द निकट विद्यार्थी सङ्गठनका नेता पर्वत सेढार्इँलाई पनि पक्राउ गरेको छ । पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्