Logo

कोरोना भाइरसको नयाँ नाम कोभिड १९



Spread the love


एजेन्सी । विश्व स्वास्थ्य संगठन ( डब्‍ल्‍यूएचओ) ले कोरोना भाइरसलाई नयाँ नाम दिएको छ । कोरोना भाइरसलाई डब्‍ल्‍यूएचओले कोभिड १९ को नाम दिएको हो ।

चीनको शहर बुहानबाट फैलिएको भाइरसबाट आजसम्म १११५ जनाको मृत्यु भइसकेको छ । यसैगरी भाइरसबाट संक्रमित ४५,१७१ जना रहेका छन् ।

भाइरसको संक्रमणदर घट्दै गइरहेको चीनको मिडियाले बताएको छ ।

कोभिड १९ को उपचार वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् ।

यसको संक्रमण हुनबाट बच्ने मूख्य उपाय भनेका संक्रमितबाट टाढा बस्नु, मास्क लगाउनु अनि बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुनु हो ।

प्रतिक्रिया दिनुहोस्