Logo

‘दि भ्वाइस अफ नेपाल सिजन २’की झुप्री भण्डारीको नयाँ गीत ‘सम्झि रुना रुना’ सार्वजनिक (भिडियो)



Spread the love

‘दि भ्वाइस अफ नेपाल सिजन २’बाट एकाएक चर्चा परिचर्चा बटुल्न सफल गायिका झुप्री भण्डारीको पछिल्लो समय चैतरफी चर्चा परिचर्चा भएको छ । चर्चित गायिका झुप्रीको स्वरमा रहेको नयाँ गीत ‘सम्झि रुना रुना’ बोलको म्युजिक भिडियो सडक मिडिया युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

उनले आफ्नो जीवनमा घटेको यथार्थ घटनामालाई गीतमा चित्रण गरेकी छ । गीतमा उनले पाएका दुख, कष्ठ,संघर्ष, पीडालाई उठान गरेको छ ।

दिन मलाई बर्षदिन जति, सम्झि रुना रुना, आमाले मारिनन् किन? मलाई हुना हुना, संसार देख्ने आँखा छैनन् , के गरेर गरेर खाउँला, पालिकन दु:ख भया, आमा म काँ जाउँला ?

भिडियोमा गायिका झुप्रीसंगै बलराम भण्डारी (बुवा),नामसरा भण्डारी (आमा),गायत्री भण्डारी,पवित्रा भण्डारी, यशोदा भण्डारी,कविता बादी, प्रकृति थापा,रेखा थापा,शान्ती महरा लगायतका कलाकर्क्को अभिनय रहेको छ ।

उक्त गीतमा कमल संघर्ष र गायिका झुप्रीको स्वयं शब्द रहेको छ भने पाण्डव बिष्टले संगीत दिएका छन् । उक्त गीतलाई माला श्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गितलाई विनाेद बाजुरेलीले एरेन्ज गरेका हुन्।

विनोद याक्खा र विरेन तितुङ्गको संयुक्तमा छायांकन गरेको भिडियोलाई कमल संघर्ष र वरुण रिजालले निर्देशन गरेका छन् ।


हेर्नुहोस् भिडियो:

https://youtu.be/uonXEqIZ8WI

प्रतिक्रिया दिनुहोस्