Logo

चीनमा कोरोना भाइरसले ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन



Spread the love

१ फागुन, काठमाडाैँ – चीनको वुहान शहरमा कोरोना भाइरसका कारण एक हजार ११५ जनाले ज्यान गुमाइसकेका छन् । हजारौँ कोरोनाको भाइरसबाट सङ्क्रमित छन् । सो शहरका मानिस कोरोनाको सङ्क्रमणसँग लडिरहेका बेला कोरोना भाइरसको महामारीले विश्व जगत्को ध्यान तानेको छ ।

चीनले आफ्ना नागरिकलाई अन्य मुलुक जानमा रोक लगाएको छ । अन्य देशबाट चीनमा गई बसोवास गर्दै आइरहेकाहरु धामधम स्वदेश फर्किरहेका छन् । कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको सम्झनामा बुधबार काठमाडौँमा दीप प्रज्वलन गरिएकाे छ । मन्त्री, सांसद, नेपालका लागि चिनियाँ राजदूत, कलाकार, पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थितिमा दीप प्रज्वलन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्