Logo

आधादर्जन गोलसँगै पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गर्न सफल



Spread the love

एजेन्सी । लिग वान क्लब डिजोनमाथि गोलको वर्षा गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको सेमिफाइनलमा स्थान बनाएको छ । पीएसजीले घरेलु टोली डिजोनलाई ६–१ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।

पीएसजीलाई जित दिलाउने क्रममा पाब्लो सारावियाले दुई गोल गर्दा केलियन एमबाप्पे र थियागो सिल्भाले समान १ गोल गरे । दुई गोल उपहार पाएको थियो । घरेलु टोलीका मुनिर चोउएरले गरेको गोल सान्त्वना बन्यो ।

बुधबार राति भएको खेलको पहिलो मिनेटमा नै पीएसजी वेस्ली लोउटोओको आत्मघाती गोलबाट अघि बढेको थियो । १३औं मिनेटमा मुनिर चोउएरले बराबरी गोल फर्काए । ४४औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेपछि पीएसजीले पहिलो हाफमा २–१ को अग्रता बनायो । दोस्रो हाफमा पीएसजीले चार गोल थप्दै फराकिलो जित निकाल्न सफल भयो ।

यसैगरी लियोनले मार्सेलीलाई १–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भयो । लियोनको जितमा होउसिम ओउरले ८१औं मिनेटमा निर्णायक गोल गरेका थिए । अर्को खेलमा रेनिसले एएसएम बेलफोर्टलाई ३–०गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्