Logo

पटवालको बिदाईसँगै प्रशिक्षक जगत टमाटाले नेपाल राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी सम्हाल्ने



Spread the love

१ फागुन, काठमाडाै‌ं । प्रशिक्षक उमेश पटवालको बिदाईसँगै प्रशिक्षक जगत टमाटाले नेपाल राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी सम्हाल्ने भएका छन् । भारतीय प्रशिक्षक पटवालले अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिज पछि लागु हुनेगरि दुई हप्ताअघि नै राजिनामा दिएका थिए ।

नयाँ विदेशी प्रशिक्षक नियुक्त नहुन सम्म जगत टमाटाले नै जिम्मेवारी सम्हाल्ने नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । उमेश पटवालको राजिनामा केहि दिनमा नै स्वीकृती भएर आधिकारिक रुपमा आउने क्यानले जनाएको छ ।

नेपालले अन्तराष्ट्रिय क्रिकेट खेल्दाका पहिलो पुस्ताका खेलाडी समेत रहेका टमाटा नेपालले २०१८ मा पहिलो पटक ओडिआई मान्यता पाउँदा नेपालका प्रशिक्षक थिए । सन् २०१५ मा श्रीलंकन मुलका क्यानडेली प्रशिक्षक पुबुदु दासानायकेले नेपाल छाडेदेखि टमाटाले प्रशिक्षक जिम्मेवारी सम्हाल्दै आएका थिए । पटवाल नेपालको प्रशिक्षक बनेपछि टमाटाले महिला टिम सम्हालेका थिए ।

टमाटाले अब फागुन तेस्रो सातादेखि थाईल्यान्डमा सुरु हुने तयारी रहेको एसीसी पुरुष इस्टर्न रिजन टि ट्वान्टी प्रतियोगिताको लागि नेपाली टोलीको लागि प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्