Logo

फावियनको निर्णायक गोलमा नेपोली विजयी



Spread the love

एजेन्सी। नेपोलीले कोपा इटालियाको सेमिफाइनलको पहिलो लिगमा इन्टर मिलानलाई पराजित गरेको छ । नेपोलीले घरेलु टोलीलाई १–० ले पराजित गरेको हो ।

५७औं मिनेटमा जियोभानी डि लोरेन्जोको पासमा फावियन रुइजले गरेको गोल नै नेपोलीलाई जितको लागि पर्याप्त बन्यो । यस जितसँगै नेपोलीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा ६ मार्चमा हुने दोस्रो लेगमा नेपोलीलाई फाइनल पुग्न बराबरी नै पर्याप्त छ । इन्टरलाई भने फाइनल पुग्न कम्तीमा पनि २–० को जित आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्