Logo

प्रत्येक खेलमा रोनाल्डोको मूल्याङ्कन हुनेछ– माउरिसियो सार्री



Spread the love


एजेन्सी । पूर्व चेल्सी र युभेन्टसका प्रशिक्षक माउरिसियो सार्रीले पोर्चुगिज तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोको प्रत्येक खेलमा मूल्याङ्कन हुने बताएका छन् ।

नयाँ सालको सुरुवातसँगै रोनाल्डो फममा आएका छन् । उनले खेलेको अन्तिम सात खेलमा १० गोल गरिसकेका छन् । यसै गरी उनी सिरी एको दश खेलमा लगातार गोल गर्ने युभेन्टसको पहिलो खेलाडी बनेका छन् ।

आज मध्य रातमा युभेन्टस कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा एसी मिलानसँग उसैको घरेलु मैदानमा भिड्दैछ । एसी मिलानसँगको खेलपछि फेब्रुअरी २७ मा च्याम्पियन्स लिग अन्तर्गत लियोनसँग भिड्नेछ । सार्री रोनाल्डोको फिटनेस बारेमा चिन्तित रहेका छन् ।

सार्रीले रोनाल्डोको बारेमा भने, “हामीले हेर्ने छोँ । मैले उनीसँग कुरा गरेको छु र उनले आफू स्वस्थ रहेको बताएका छन् । हामीले उनको प्रत्येक खेलमा मूल्याङ्कन गर्नेछौँ । ”

“एसी मिलानले यो समयमा धेरै सुधार गरेका छन् । मैले एसी मिलानको घरेलु मैदानमा जे पनि हुन सक्छ । ग्यारेन्टी दिन सक्दिन,” सार्रीले थपे ।

प्रतिक्रिया दिनुहोस्