Logo

‘जनयुद्ध’ दिवसको कार्यक्रममा सहभागि भएनन् प्रधानमन्त्री



Spread the love

१ फागुन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘जनयुद्ध’ दिवसको कार्यक्रममा सहभागिता जनाएका छैनन्।

धुम्बाराहीमा ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओली आउने सूचना पार्टी कार्यालयबाट जारी भए पनि बिहीबार प्रधानमन्त्री उपस्थित भएनन्।

कार्यक्रममा उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा (बादल)लगायतका नेताहरु सहभागी थिए । गत वर्ष पनि प्रधानमन्त्री ओली ‘जनयुद्ध’ दिवसका कार्यक्रममा सहभागी भएका थिएनन्।

प्रतिक्रिया दिनुहोस्