Logo

स्वस्थानी च्यात्नुपर्छ भनेपछि विवादमा आइन् सांसद यशोदा



Spread the love

१ फागुन, काठमाडौं । गत मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्ने क्रममा स्वस्थानी ब्रतकथाको पाना च्यात्नुपर्छ भनेपनि नेकपा सांसद यशोदा गुरुङ सुवेदी विवादमा आएकी छन् । संसदमा १ मिनेट आफ्नो धारणा राखेकी उनले छाउ प्रथा हटाउनका लागि स्वस्थानी र ऋषी पञ्चमी ब्रतकथाको पाना च्यात्नुपर्ने अभिव्यक्ति दिएसंगै सामाजिक सञ्जालमा गुरुङको चौतफी आलोचना भईरहेको छ ।

उनले गणतन्त्र आएपछि पुरानो सामाजिक, सांस्कृतिक संरचना बदल्न सानो ढुङ्गा हान्दा ठूलो कोकोहोलो मच्चाएको बताइन् । मंगलबार संसदको शून्य समयमा दिएको सो अभिव्यक्तिपछि सांसद सुवेदीको फेसबुक पेज गाली गलौजका कमेन्टले भरिन थालेको छ । उनले सामाजिक सञ्जालमा आफ्नो अफवाह फैलाउनेमाथि कानुनी उपचार खोज्ने चेतावनी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्