Logo

‘द बिग बुल’ को पोस्टर सार्वजनिक



Spread the love


एजेन्सी ।
अभिशेक बच्चन अभिनित चलचित्र ‘द बिग बुल’ को पोस्टर सार्वजनिक भएको छ ।

अभिशेक बच्चनले ट्विट गर्दै पोस्टरको सार्वजनिक गरेका हुन् । पोस्टरमा अभिशेक बच्चन सुट अनि चस्मामा सजिएको देख्न सकिन्छ ।

सन् १९९० देखि २००० सम्मको बित्तिय बजार र यसले पारेको संकटको बारेमा चलचित्रमा कथा बनाइएको छ ।

चलचित्रमा अभिशेकलाई इलिना डी’ क्रुजले साथ दिएकी छिन् । गएको सेप्टेम्बरमा अभिशेक बच्चनले चलचित्रको घोषणा गर्दै जनवरीमा पहिलो फस्ट लुक सार्वजनिक गरेका थिए ।

अहिले अभिशेक बब विश्वास नामक चलचित्रको छायांकनमा व्यस्त छन् ।
द बिग बुलका निर्देशक कुकी गुलाटी हुन् । चलचित्र अक्टोबर २३ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्