Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५५७,५६९
संक्रमित
१२,३९७,९५९
निको भएका
७,२२७,११२
नेपालमा कोरोना भाइरस
मृत्यु
३५
संक्रमित
१६६४९
निको भएका
८०११

अदालतबाट दोषी ठहर भएका लामालाई सहायक रथीमा बढुवा किन?



मन्त्रिपरिषदको साउन ३१ को बैठकले कुमार लामालाई नेपाली सेनाको सहायक रथीमा बढुवा गरेकोप्रति जवाफदेहीता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको खबर आजको नागरिक दैनिमा छापिएको छ ।

सरकारले यो निर्णय कपिलवस्तु जिल्ला अदालतले मानव अधिकार हननका दोषी भनी ठहर गरेका व्यक्ति लामाको पक्षमा आएकाले अदालतको आदेशको ठाडो उल्लंघन हो भन्ने समितिको ठहर छ ।

उक्त अदालतले गोरूसिंगे ब्यारेकमा जनकबहादुर राउतलाई चरम यातना दिएकोमा लामालाई दोषी ठहर गरी विभागीय कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन आदेश गरेको थियो।

प्रतिक्रिया दिनुहोस्