Logo

ए डिभिजन लिग: अन्तिममा सम्हालिन नसक्दा एपिएफ अंक बाड्न बाध्य



Spread the love

१ फागुन, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बिहीबारको दोस्रो खेलमा एपिएफ र ब्रिगेड ब्वाइज क्लबबीचको खेल १-१ को बराबरीमा सकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले लिएको अग्रता अन्तिम समयमा जोगाउन नसक्दा बराबरीमा रोकिन पुगेको हो ।

एपिएफका लागि खेलको ४४ औं मिनेटमा आशिष लामाले नवीन लामाको क्रसलाई हेडिङ मार्फत गोल गर्दै एपिएफलाई अग्रता दिलाए। दोस्रो हाफमा पनि अधिकांश समय अगाडि रहेको एपिएफ खेलको अतिरिक्त समयमा चुक्न पुग्यो। ब्रिगेड ब्वाइज क्लबका विजय गुरुङले अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा ल्याए।

यो खेलसँगै ब्रिगेड १३ खेलमा ९ अंक सहित १२ औं स्थानमा छ । एपिएफ १३ खेलमा समान ९ अंकका साथ १३ औं स्थानमा रहेको छ ।

आजको खेलमा गोल गरेका आशिष लामा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्षस्थानमा छन्। उनले जारी लिगमा ९ गोल गरिसकेका छन्। उनी पछि च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखलको ७ गोल रहेको छ।

प्रतिक्रिया दिनुहोस्