Logo

वार्षिक करोडौं रुपैयाँ तलब खाने पारस स्याण्डविच चोर्दाचोर्दै समातिए….



Spread the love

एजेन्सी। मान्छे जति सम्पन्न भए पनि कति लोभी हुन्छ भन्ने कुरा बेलायतका एकजना बैंकरले पुष्टि गरेका छन् । वार्षिक करोडौं रुपैयाँ तलब भत्ता खाने ती कर्मचारीले स्याण्डविच चोर्दाचोर्दै समातिएपछि जागिरबाटै हात धुनुपरेको छ ।

ती कर्मचारकिो नाम पारस शाह हो । लण्डनस्थित सिटी बैंकमा कार्यरत पारस बैंककै क्यान्टिनबाट स्याण्डविच चोर्दै गरेको अवस्थामा पक्राउ परेका थिए ।

वार्षिक १० लाख पाउण्डभन्दा धेरै तलब खाने पारसको भने चोर्ने बानीचाहिँ गएको रहेनछ । उनले धेरैपटक त्यसरी स्याण्डविच चोरिसकेको अनुमान गरिएको छ ।

पारस शाह उक्त बैंकको सबैभन्दा वरिष्ठ क्रेडिट ट्रेडर थिए । उनी सिटी बैंकको त्यस विभागको प्रमुख थिए जुन विभागले युरोपका साथै मध्यपूर्व एसिया तथा अफ्रिकामा बण्डको कारोबार गर्दछ । साथै उनले सेक्योरिटी तथा रिस्क म्यानेजमेन्टको क्षेत्रमा पनि काम गर्दथे ।

प्रतिक्रिया दिनुहोस्