Logo

‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक(ट्रेलरमा)



Spread the love

पछिल्लो समय निकै नै चर्चा परिचर्चा बटुल्न सफल चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को ‘तिम्रो घरको वरिपरी, दुःखको काँडा’ र ‘कसम कसम ’ ले सफलता पाइसकेका छन् । तिन नै गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् भने उक्त चलचित्रको ट्रेलर सार्वजनिक भएको छ।

ट्रेलरमा माया प्रेमसँगै दुख, कष्ट, संघर्ष र बिछोडलाई उठान गरिएको छ भने ट्रेलर ३ मिनेट १०सेकेन्डको रहेको छ। युवा पुस्तामाझा निकै चर्चा बटुल्न सफल नायक तथा नायिका पल र पूजाको केमेष्ट्रीलाई दर्शकले अत्याधिक रुचाएका छन् ।

चलचित्रको मुख्य भुमिकामा नायक पल र पुजाको साथमा अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा रजेन्द्र, सोनिका रोकाया लगायतका कलाकारले अभिनय गरेका छन् ।

पूजा शर्मा र सुदर्शन थापाको लगानी रहेको चलचित्रको कथा  र निर्देशन सुदर्शन थापाले  नै  गरेका छन् । उक्त चलचित्र फागुन २३ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।

हेर्नुहोस् ट्रेलर:


प्रतिक्रिया दिनुहोस्