Logo

भ्यालेन्टाइन डे: प्रेमी प्रेमिकाले आफ्नो प्रेमको सफलताका लागि कामना गर्ने विशेष दिन



Spread the love

भनिन्छ, प्रेम नै जीवन हो । संसारका हरेक प्राणीलाई एकअर्काको प्रेम तथा मायाको आवश्यकता पर्दछ । प्रेम आफैंमा पूर्ण र परिपक्व छ । प्रेम दिने भाव हो, लिने भाव होइन् । प्रेम विशाल अनुभूति हो । विशाल ऊर्जा हो, जसले जीवन सुन्दर, शान्त र उमंगमा जीउन मद्दत गर्दछ । प्रेममा अशान्त, धोका, अभाव आदि छ भनिन्छ भने त्यो प्रेम होइन् । न त प्रेम गर्ने कुरा नै हो ।

भ्यालेन्टाइन डे एउटा विषेश दिन हो जुन दिन आफ्नो प्रेमलाई उत्साहका साथ प्रकट गरिन्छ। प्रेमी प्रेमिकाले आफ्नो प्रेमको सफलतामा खुशी प्रकट गर्दै भविस्यमा अझै गाढा माया बसोस् भनी कामना गर्ने पनि यही भ्यालेन्टाइन डे हो।

त्यस्तै मायाको गोरेटोमा हिँड्दा ती विशेष दिनहरू, क्षणहरू तथा घटनाहरू जसले हसायो, सायद रुवाएको पनि हुनसक्छ, ती प्रत्येक हाँसो र रूवाईहरू जसले आफ्नो मायाको डोरीलाई कस्न प्रोत्साहन गर्‍यो, त्यसलाई सम्झने दिन पनि भ्यालेन्टाइन डे नै हो।

प्रेमलाई केवल प्रेमी/प्रेमीकासँग मात्र के जोड्नु, संसारै मायामै अड्केको छ भन्दा फरक नपर्ला । संसारका सबै प्राणीबीच मायाको शितल आँचल लहराइ रहोस् । माया नै शक्ति हो अनि शान्ति पनि । माया र आफ्नो मायालुप्रति बफादार बनौं पनि । माया गरेको मान्छेसँग टाढा हुनुहुन्छ भने एकफेर बात मारेर बताईदिनुहोस्– कि तपाई कति माया गर्नुहुन्छ भनेर ? भेट्न सम्भव छ भने भेटिदिनुहोस्, एक कप चिया मात्रै खाए पनि हजारौं वर्षलाई पुग्नेगरी माया मुटुभरि भर्नुहोला ।

यस दिन पुराना फोटोहरू हेर्ने, ईमेल, टेक्सहरू पढ्ने र विगतलाई सम्झना गर्दै आपसमा कुरा गर्नाले यस दिनमा विशेष मनोरञ्जन प्राप्त गर्न सकिन्छ। आफ्नो प्रेमी प्रेमिकाबीच मात्र नभएर माया प्रेम गर्ने सबै आफन्तजनका बिच यसरी नै स्मरण गरी तथा ब्यक्त गरी भ्यालेन्टाइन डे मनाउन सकिन्छ।

अरूको नक्कल नगर्ने
तपाईँका अन्य साथी भाईको देखासिखीमा उनीहरूले जस्तै गरी मनाउनुपर्छ भन्ने छैन। यदी तपाईँ केही नयाँ पन देखाउन चाहानुहुन्छ वा विषेश गर्न चाहनुहुन्छ भने आफ्नो साथीलाई कुनै नौलो सोच बनाउनुस् जसबाट तपाईँको साथीले हर्षका आँशु पोख्न सकुन्।
तनाब नलिने
भ्यालेन्टाइन डेलाई प्रेमी प्रेमीकाले मात्र मनाउने हो भन्ने बुझाई गलत हो। यदि तपाईसँग प्रेमी वा प्रेमीका छैन भने पनि यस दिनलाई मनाउन सक्नुहुन्छ।आफूलाई जुन दिन अनुकुल मिल्छ त्यही दिन साथीभाई, आफन्त वा प्रेमी प्रेमीका बिच माया साटासाट गर्न सक्नुहुन्छ।

मितब्ययी बन्नुहोस्
भ्यालेन्टाइन डे घर बाहिर होटल, पार्क, रेस्टुरेन्ट आदिमै मनाउनुपर्छ भन्ने छैन। यस दिन धुमधामले खर्च गरे मात्र प्रेममा सफल भइने पनि होईन। यसका लागि आफ्नै घरमा रमाइलोका साथ मनाउन सकिन्छ। आफ्नो मेहनत, जाँगर र भावनालाई तपाईको प्रेमी प्रेमिका वा साथी भाइले प्रसंशा गर्ने छन् जब तपाईँ आफ्नै हातले पकाएको खाना सर्भ गर्नुहुन्छ।
एक आपसमा पुरा दिन बिताउनुस्
एक आपसमा समय बिताउने जस्तो रोमान्टिक र भावनात्मक अन्य कुराले हुँदैन। कार्यालयको काममा वा ब्यापारिक काममा प्रायः सबै ब्यस्त हुन्छन्। त्यस एक दिनका लागि विषेश दिनका रुपमा लिदै कार्यालय, ब्यापार आदिलाई विर्सदै विषेश दिन बनाउन प्रयत्न गर्नुहोस्।
साथीसँग अनावश्यक अपेक्षा नगर्ने
भ्यालेन्टाइन डे का दिन प्राय सबैले आफ्नो मिल्ने साथीसँग रमाईलो गर्ने भन्ने अपेक्षा राखेका हुन्छन्, तर आफ्नो यस अपेक्षालाई एउटा सीमा भित्र राख्नुपर्छ। साथीको पारिवारिक अवस्थाका बारेमा जानकार हुनु त्यत्तिकै महत्वपूर्ण हुन्छ।

प्रतिक्रिया दिनुहोस्