Logo

पशुपति शर्माको ‘लुट्न सके लुट कान्छ २’ सार्वाजनिक(भिडियोमा)



Spread the love

पशुपति शर्माले आजसम्म सयौं गीत गाइसकेका छन् । उनले मायापिरतीका धेरै गीत गाएका छन् भने उनले सन्देशमूलक गीत पनि त्यत्तिकै गाएका छन् । लोकभाकामा गाइने ती गीतहरु धेरै लोकप्रिय पनि छन् ।

‘लुट्न सके लुट कान्छ’ दर्शकले अत्याधिक रुचाएपछि उत्साहित बनेर चर्चित गायक पशुपतिले यसैको सिक्कोइन ‘जता नि चोर’ ( लुट्न सके लुट २ ) बजारमा ल्याएका छन । उक्त गीत गायक पशुपति शर्माको युट्युब च्यानलबाट सार्वाजनिक भएको छ ।

गीतमा शब्द, संगीत र स्वर स्वयं गायक पशुपतिले नै दिएका छन् । भिडियोमा गायक पशुपतिसंगै घनश्य रिजाल, युबराज भण्डारी, शंकर पन्त, बि पी पौडेल, ध्रुब शर्मा, कमल शर्मा, कृष्ण पौडेल,देवेन्द्र ढुंगानालगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियोलाई केशब बडूले एरेन्ज गरेका छन् । दुर्गा पौडेलद्वारा छायांकन भएको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन् भने भिडियोलाई दुर्गा पौडेलले नै निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/C-g_TdbVhYo

प्रतिक्रिया दिनुहोस्