Logo

प्रदेशसभा बैठक–विधेयक प्रस्तुत



Spread the love

२ फागुन, विराटनगर – प्रदेश नं १ को प्रदेशसभाको बिहीबार बसेको बैठकले ‘प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण तथा तत्सम्बन्धी अन्य व्यवस्था गर्न बनेको विधेयक’ विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

प्रदेश नं–१ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले सो प्रस्ताव पेश गर्दै प्रदेशको व्यापार व्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी र व्यवस्थित बनाई राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन विधेयक आवश्यक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्