Logo

नारायणीमा पानी जहाज चलाउन जग्गा दिइने



Spread the love

२ फागुन, काठमाडाैँ – निकट भविष्यमा नै नारायणी नदीमा सञ्चालन गर्न लागिएको पानी जहाजको स्टेशनका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिएको छ ।

यसका लागि चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ मा पर्ने राष्ट्रिय वन क्षेत्रको कूल एक हेक्टर जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिएको हो ।

गत माघ २७ र २८ गते बसेको मन्त्रिपरिषद्ले क्रुज आयोजना (पर्या पर्यटन पानी जहाज आयोजना)का लागि सो जग्गा प्रयोग गर्न दिने निर्णय गरेको हो । निजी क्षेत्रबाट नारायणी नदीमा पर्यापर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ सानो आकारको पानी जहाज निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्