Logo

हलमा लभ डायरिज र लभ आजकल



Spread the love

काठमाडौं । आज शुक्रबार नेपाली सिनेमा हलमा लभ डायरिज र लभ आजकल प्रदर्शन भएका छन् । अगिल्लो शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शन हुँदा यसपाली भने एउटा नेपाली र अर्को हिन्दी चलचित्र प्रदर्शन भएका छन् ।

शौरभ कार्कीको निर्देशन र विनोद सापकोटाको निर्माणमा बनेको चलचित्र लभ डायरिजमा सुशिल श्रेष्ठ र रुबिना थापाको मूख्य अभिनय रहेको छ । चलचित्र लभ डायरिजबाट रुबिना थापाले कलिउडमा डेब्यू गरेकी हुन् ।

इम्तियाज अलिको निर्देशनमा बनेको हिन्दी कथानक चलचित्र लभ आजकलमा कार्तिक आर्यनलाई सारा अलि खानले साथ दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्