Logo

तानाजीले ३४ दिनमा कति कमायो ?



Spread the love


एजेन्सी । अजय देवगण र सैफ अलि खानको अभिनय रहेको चलचित्र तानाजी हलमा लागेको एक महिनाभन्दा बढी भइसक्यो । रिलिज भएको एक महिना बितिसक्दा पनि चलचित्रले बक्स अफिसमा आफ्नो कमाल देखाउन छाडेको छैन ।

आजका दिनसम्म आइपुग्दा तानाजीले २७० करोड भारु बनाइसकेको छ । चलचित्रले २७५ करोड भारुसम्म बनाउने आशा गरिएको छ । पाँचौँ सातामा दङ्गाल, कबिर सिंह, सन्जु र टाइगर जिन्दा है ले भन्दा बढी कमाउन सफल भई पाचोँ सातामा धेरै कमाउने चलचित्रको तेस्रो स्थानमा आफूलाई राख्न सफल भएको छ ।

१) उरीः द सर्जिकल स्ट्राइक– १९.३१ करोड भारु
२) बाहुबली २ – ११.७८ करोड भारु
३) तानाजी– १०.३३ करोड भारु

इतिहासमा आधारित चलचित्र तानाजीमा अजय देवगण र सैफ अलि खान बाहेक काजोल, शरद केल्कर, नेहा शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । तानाजी अजय देवगणको सयौँ चलचित्र हो । चलचित्रलाई ओम राउतले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्