Logo

कोपा इटालिया: रोनाल्डोको गोलसँगै युभेन्टस मिलानसँगको हारबाट जोगियो



Spread the love

एजेन्सी। क्रिस्टियानो रोनाल्डोको विवादास्पद पेनाल्टी गोलसँगै युभेन्टस कोपा इटालियाको सेमिफाइनलको पहिलो लिगमा एसी मिलानसँगको हारबाट जोगिएको छ । युभेन्टसले १० खेलाडीमा समेटिएको घरेलु टोली एसी मिलानलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।

खेलको ६१ औँ मिनेटमा एन्टे रेविकले गोल गर्दै मिलानलाई अग्रता दिलाए । ७१ औँ मिनेटमा हर्नान्डेजले रातो कार्ड खाँदा मिलान १० खेलाडीमा सिमित भएको थियो । खेलको इन्जुरी समयमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

सेमिफाइनलको दोस्रो लिग युभेन्टसको मैदानमा ५ मार्चमा हुनेछ । उक्त खेलमा जित हात पार्ने टोली फाइनलमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्