Logo

ए डिभिजन लिग: एनआरटीमाथि शेर्पाको जित



Spread the love

२ फागुन, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार पहिलो खेलमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम(एनआरटी) लाई २-१ गोल अन्तरले हराएको छ ।

राजेश परियारले ३१ औं मिनेटमा गोल गर्दै एनआरटीलाई अग्रता दिलाए । ४१ औं मिनेटमा हिमालय शेर्पाका स्टेफेनले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा फर्काए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा त्रिदेव गुरुङले विजयी गोल गर्दै शेर्पालाई २-१ को जित दिलाए ।

हिमालयन शेर्पा १३ खेलमा १४ अंकका साथ १० औं स्थानमा उक्लिएको छ भने एनआरटी १३ खेलमा १५ अंकका साथ नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्