Logo

बार्सिलोना र रियाल म्याड्रिडबीचको दोस्रो ‘एल क्लासिको’ मार्चमा हुने



Spread the love

एजेन्सी । बार्सिलोना र स्पेनिस महारथी रियाल म्याड्रिडबीचको स्पेनिस ला लिगाको दोस्रो ‘एल क्लासिको’ मार्चमा हुने भएको छ । स्पेनिस ला लिगाले बार्सिलोना र रियालबीचको दोस्रो ‘एल क्लासिको’ १ मार्चमा हुने मिति सार्बजनिक गरेको हो ।

रियाल म्याड्रिडको घरेल मैदान सान्टियागो बर्नाबेउमा दोस्रो ‘एल क्लासिको’हुनेछ । बार्सिलोनाको मैदानमा भएको पहिलो ‘एल क्लासिको’ गोलरहित बराबरीमा टुंगिएको थियो ।

स्पेनिस ला ला लिगाको २३औं चरणको खेल सकिदा रियाल ५२ अंक जोडेर शीर्षस्थानमा रहेको छ भने समान खेलबाटै बार्सिलोना ४९ अंक जोडेर दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्