Logo

मुख्यमन्त्री पोखरेल र वामदेव गौतमले मनाए भ्यालेन्टाइन डे



Spread the love

२ फागुन, काठमाडौं । आज फेव्रूअरी १४ अर्थात् प्रणय दिवस । यो दिवस आपसमा प्रेम साटासाट गरेर मनाउने गरिन्छ ।

केही वर्ष पहिलेसम्म नेपालमा नयाँ र तन्नेरी पुस्ताले मात्रै मनाउने यो दिवस पछिल्लो समयमा भने युवा, विद्यार्थी, चलचित्रकर्मी हुदै अहिले राजनीतिककर्मीले समेत यो दिवसलाई महत्त्व दिन थालेका छन् ।

भ्यालेन्टाइन डे का दिन आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफ्नी धर्मपत्नीलाई गुलाफ दिएर भ्यालेन्टाइन डे मनाएका छन् ।

त्यस्तै ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि भ्यालेन्टाइन डे मनाएका छन् । मुख्यमन्त्री पोखरलेलले पनि सामाजिक सञ्जाल फेसबुकमा राख्दै प्रेम जीवनको अभिन्न अंग भएको बताएका छन् । ‘प्रेम जीवनको अभिन्न अंग हो । दिवसमा कसरी सिमित बन्न सक्ला र ! तरपनि शुभकामना’ पत्नी सुजाता शाक्य र आफ्नो तस्वीर राखेर पोखरेलले शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्