Logo

खासमा के हो त भ्यालेन्टाइन डे



Spread the love

काठमाडाैं । फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसको रुपमा पश्चिमी देशहरुमा आफ्नो प्रेमी अथवा प्रेमीकालाई चकलेट, गुलाफ तथा कोसेली दिई प्रेम साटासाट गरी मनाउँदै आइरहेका छन् ।

पछिल्लो समयमा नेपालमा पनि भ्यालेन्टाइन डेको रौनक छाउँदै गइरहेको छ । भ्यालेन्टाइन डेको लागि भनेर वर्षेनी नेपालमा लगभग एक करोडको फूल भित्रिने गर्दछ ।

खासमा भ्यालेन्टाइन डेको अर्थ फरक छ । । खासमा भ्यालेन्टाइनको कथा यस्तो रहेको छ :
भ्यालेन्टाइन भन्ने एक रोमका सन्त थिए । उनले सेनाहरुको विवाह गरिदिएका थिए । त्यसबेलामा सेनाले बिहे गर्न पाउँदैन थिए । रोमले ख्रिष्टियनहरुमाथि ज्यादती गरेको भन्दै भ्यालेन्टाइनले ख्रिष्टियनहरुको साथ दिएका थिए । यहीं कारणले गर्दा उनलाई जेलमा राखियो । उनलाई जेलमा हाल्ने मात्र नभई मृत्यु्दण्डको पनि सजायँ दिइयो । उनले सही व्यवहार गर्दागर्दै पनि उनीमाथि पशुवत व्यवहार भयो । उनले मर्नुभन्दा अगि न्यायाधीशकी छोरीको अन्धो आँखा खोलिदिएका थिए र उनले ती न्याधीशकी छोरीलाई तिम्रो भ्यालेन्टाइन भनी चिठी पनि लेखे । उक्त चिठीमा उनको हस्ताक्षर पनि थियो ।

समय बित्दै गयो । आज आएर यो दिवस खुशीको रुपमा मनाउन थालियो । खुशीको रुपमा मनाउन थालिए पनि यसको पछाडि पीडा छ, अन्याय छ । भ्यालेन्टाइनले गल्ती नगर्दा पनि मृत्युको मुखमा जानुपर्यो । आफू मरेर गए पनि उनी अरुको स्वतन्त्रताको लागि लडे । उनले न्यायाधीशकी छोरीलाई लेखेको पत्र प्रेम पत्र थिएन । त्यो त खासमा उनले आफ्नो अडानबाट नडगी मृत्युलाई चुनौती थियो ।

१४ शताब्दिमा आएर भ्यालेन्टाइनको नाममा प्रेम दिवस मनाउने चलनको सुरुवात भयो अनि १८ औँ शताब्दिमा आएर बेलायतमा प्रेमी, प्रेमिकालाई फूल दिन थालियो र आज त्यहीं चलन स्वरुप प्रेम दिवसको रुपमा परिचित भयो ।
अहिले प्रेम दिवसको नाममा अनेकन विकृतिहरु आइरहेका छन् । यी विकृतिहरुले सन्त भ्यालेन्टाइनमाथि खिल्ली उडाइरहेका छन् ।

आत्मिक प्रेमको लागि भ्यालेन्टाइन डे कुर्नु पर्दैन । भ्यालेन्टाइनसँगै प्रेमको पनि परिभाषा बदलिरहेको छ । भ्यालेन्टाइनको त अवज्ञा भयो नै पछिल्लो समयमा प्रेम दिवसले प्रेमको परिभाषा पनि बदलिदिएको छ । के फूल, चकलेट अनि कोसेली दिंदैमा बढी प्रेम र नदिंदैमा प्रेम नगर्ने हुन्छ ? हामी सामाजिक प्राणी हौँ । हामीमा विवेक छ । हामीले हाम्रो विवेकको भरपूर सदुपयोग गरी यस्ता खालका विकृतिहरु रोक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्