Logo

संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित



Spread the love

२ फागुन, काठमाडौं । प्रधानमन्त्रीकेपी शर्मा ओलीले आज दुई बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने भनिएको कार्यक्रम स्थगित भएको छ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिसभामा सम्बोधन भोली शनिबार बिहान ११ बजे गर्ने कार्यक्रम रहेको सल्लाहकार थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्